Comments Add Comment

कसको प्रतिक्षामा छिन् जसिता ?

नायिका जसिता गुरुङ ठूलो पर्दामा गतबर्ष रिलिज भएको चलचित्र ‘लभ स्टेशन’पछि देखिएकी छैनन् । बरु, उनी निर्देशक रेनशा वान्तवा राइको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकनको प्रतिक्षा गरिरहेकी छिन् ।

चलचित्र ‘लिलिबिली र लभ स्टेशन’मा काम गर्दा नायक प्रदिप खड्कासँ उनको प्रेम चर्चा पनि चल्यो । तर, दुबैले प्रेमको खबरलाई स्विकार भने गरेनन् । अहिले त प्रदिप र जसिताको बाटो नै अलग भैसकेको छ ।

उनै, जसिताको सामाजिक संजालमा आउने तस्वीर र स्टाटसले भने उनका फ्यानलाई कौतुहल बनाउँछ । जसिता लेख्छिन्–‘तिमी आउने आसैमा अब, मनमा छायो यो तरंग’ । जसिताले आफू कसैको प्रतिक्षामा रहेको उल्लेख गरेकी छिन् ।

तर, जसिताले आफू कसको प्रतिक्षामा रहेको भन्ने खुलाएकी छैनन् । जसिताको यो भावना उनको दाइको बिहेमा सहभागी हुँदा आएको हो । जसिताले कसको प्रतिक्षा गरेकी हुन्, यो उनलाई नै थाहा होला । तर, उनलाई भने दर्शकले ठूलो पर्दामा प्रतिक्षा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment