Comments Add Comment

रीमाको तर्क–‘नागरिकलाई सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी ?’

गायिका आस्था राउतको विमानस्थल प्रकरणमा कलाकर्मीहरुले मुख खोल्न थालेका छन् । केही दिनसम्म मौन बसेका कलाकार्मीहरु अहिले सामाजिक संजालमार्फत अगाडि आएका हुन् ।

यही क्रममा नायिका तथा मोडल रीमा विश्वकर्माले पनि आस्था राउत प्रकरणमा आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् । उनले, नागरिकलाई सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुनसक्छ ? भनेर पनि प्रश्न गरेकी छिन् ।

रीमा लेख्छिन्–‘देशमा दिनानुदिन जघन्य अपराध घटिरहँदा अनी ठूला अपराधी रिट र तारिखमा खुलेआम हाम्रै वरपर घुमिरहँदा त्यसै त हामी असुरक्षित छौं । अझ, विमानस्थलको सामान्य नोकझोकलाई लिएर नागरिकविरुद्ध मुद्दामा ओर्लिएको प्रहरी संगठनले आम नागरिकमा प्रहरी प्रशासनमाथि विश्वास भन्दा बढी डर पैदा गरेको छ ।’

रीमाले सामान्य घटनालाई मुद्दामा लैजाने प्रहरीले ठूला ठूला घटनामा भने मौनता देखाएको भन्दै आलोचना गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment