८ माघ, काठमाडौं । नेपालको फुटबल टिमले इंग्ल्याण्डको ‘सी’ टिमसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र दी एफएबीच बुधबार काठमाडौंमा सम्झौता भएको छ ।
सम्झौतामा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र इंग्ल्याण्डको फुटबल संघ दी एफए हेड अफ नेसनल लिग लरेन्स जोन्सले हस्ताक्षर गरेका छन् ।
पहिलो खेल सन् २०२० को मेमा इंग्ल्याण्डमा हुनेछ भने दोस्रो खेल सन् २०२१ मा हुनेछ । पहिलो खेल अल्डरसट क्लबको मैदानमा हुनेछ ।
लरेन्सले सन् २०२१ मेमा दोस्रो खेल नेपालमा हुने जानकारी दिए ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सम्झौता ऐतिहासिक भएको प्रतिक्रिया दिए ।
बेलायत र नेपालको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुरानो हो । त्यसकै अवसरमा बेलायतमा र नेपालमा खेल्न लागेको हो ।
इंग्ल्याण्डको ‘सी’ टिममा त्यहाँको पाँचौं डिभिजन खेल्ने टिमका खेलाडीहरू हुने लरेन्सले बताए । जसमा यू–२३ का खेलाडीहरू समेत रहने उनले जानकारी दिए ।
सन् १९७९ मा नेपाली टिम जर्मनी गएको र त्यसपछि पहिलो पटक युरोपमा गएर खेल्न लागेको एन्फा अध्यक्ष शेर्पाले बताए ।
प्रतिक्रिया 4