Comments Add Comment

रन्जितको फ्रिकिक गोलमा मछिन्द्र विजयी

८ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

रन्जित धिमालको एक मात्र गोलमा मछिन्द्रले विभागीय टोली पुलिसलाई १-० ले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर नै सिर्जना गर्न सकेका थिएनन् ।

दोस्रो हाफमा दुवै टोलीले खेलमा सुधार गरे । ५३औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । त्यसको ८ मिनेटपछि विशाल राईले उस्तै ठाउँबाट हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले गोल हुनबाट बचाए ।

पुलिसले पनि गोलका अवसर बनाएको थियो तर गोल भएन । ७१औं मिनेटमा पुलिसका नपर कुमार राईले दायाँ भागबाट हानेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले हाफ क्लियर गरे । त्यो बल पुलिसका सन्तोष हेमरुनको खुट्टामा लागेर क्रसबारको थोरैमाथिबाट बाहिरियो ।

यस्तै ७५औं मिनेटमा पुलिसको भोला सिलवालको फ्रिकिक मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पन्च गर्दै बचाए । ईन्जुरी टाईममा रन्जित धिमालको फ्रिकिकमा मछिन्द्रका पिटर सेगुनले गोल गरे पनि रेफ्रीले अफसाइड घोषित गरिदिए ।

जितपछि मछिन्द्रको त्रिभुवन आर्मी समान १६ अंक जोडेको छ । तर गोल अन्तरका आधारमा मछिन्द्र दोस्रो स्थानमै यथावत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment