
८ माघ, काठमाडौं । चीनलगायत मुलुकमा फैलिएको ‘कोरोना भाइरस’ नेपाल भित्रन नदिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्क स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
हेल्थ डेस्कमा पछिल्लो समय कोरोना भाइरल फैलिएका मुलुकबाट नेपाल र्फकने पर्यटक तथा नेपालीले अनिवार्य स्वास्थ्य जाँच गर्नुपर्ने भएको छ ।
ती मुलुकबाट र्फकने यात्रुले अध्यागमनमा प्रवेश गर्नु अगाडि नै हेल्थ डेस्कमा पुगेर स्वास्थ्य जाँच गर्नुपर्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
यो भाइरसले महामारीको रुप लिन सक्ने भन्दै संसारभर सचेतना शुरु भएको छ । चीनमा मात्र कोरोना भाइरसको संक्रमणबाट ६ जनाको निधन भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4