+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

प्रहरीलाई घुस दिन खोज्ने आरोपित अम्बेया खातुनविरुद्ध भ्रष्टाचारको मुद्धा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ८ गते १८:१४

८ माघ, काठमाडौं । प्रहरीलाई घुस दिन खोजेको आरोपमा पक्राउ परेका वीरगञ्ज महानगरपालिका-२ छपकैयाकी अम्बेया खातुनविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर भएको छ ।

बाराको इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी कर्मचारीलाई २८ हजार रुपैयाँ घुस दिन खोजेको आरोपमा पक्राउ परेका खातुनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मुद्धा दायर गरेको हो ।

खातुनले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको बसमा भन्सार छलीका कपडा लैजाने क्रममा उनी जीतपुरमा प्रहरीको चेकजाँचमा परेकी थिइन् । प्रहरीले बरामद गरेको कपडा छुटाइ दिन र आगामी दिनमा सहजीकरणका लागि भन्दै २८ हजार दिन खोज्दा उनी पक्राउ परेका थिए ।

अनुसन्धानको क्रममा आरोपी खातुनले भन्सार छली ल्याएको सामानहरु छुटाइदिने कामको लागि प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्न उक्त रकम दिएको तथ्य पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?