+
+
Shares

पहिलो सन्तानको आमाबुवा बन्दै हुनुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते ११:०६

घरमा नयाँ सन्तान भित्रिदैछन् । यो कुराले दम्पतीमा पक्कैपनि उत्साह जगाउँछ । उनीहरुको यो पहिलो सन्तान हो । यसले पनि उनीहरुमा थप रोमाञ्चकता पैदा गरेको छ । यद्यपि पहिलो सन्तान भएकाले दम्पतीहरु कतिपय कुरामा अभ्यस्त भइसकेका हुँदैनन् । पहिलो शिशुलाई घरमा कसरी स्वागत गर्ने भन्ने कुरामा दम्पतीले खास तयारी नगरेका पनि हुनसक्छ ।

पहिलो शिशुलाई कसरी स्यहारसुसार गर्ने, के-कस्ता सामग्रीको जोहो गर्ने ? उनीहरु अनभिज्ञ हुनसक्छन् ।

खासगरी पहिलोपटक आमाबुवा बन्न लागेका दम्पतीहरु सुरुमा बच्चाको प्रयोगको लागि आवश्यक पर्ने सामानको बारेमा धेरै भ्रममा पर्छन् ।यस्तोमा तपाईंले सबैकुराको बारेमा पहिले नै तयारी गर्नुपर्ने हुन्छ । जसले तपाइर्ंको नयाँ पाहुना घर आएपछि उनीहरुको स्याहारमा कुनै कमी हुँदैन र तपाईंलाई दुःख पनि हुँदैन ।

स्तनपानको लागि

स्तनपान गराउने आमालाई कुनै पनि उपकरणहरुको आवश्यकता पर्दैन । तर, केही यस्ता चीजहरु हुन्छन् जुन सबै आमाहरुको लागि उपयोगी हुन्छन् जस्तैः

सफा कपडा

बच्चालाई दुध चुसाएपछि उनीहरुलाई डकार दिलाउन आवश्यक हुन्छ । धेरैपटक डकार दिलाएपछि बच्चाले मुखबाट थोरै दूध बाहिर निकाल्छ । यस्तोमा डकार दिलाउँदा एक कपडा साथमा राख्न आवश्यक हुन्छ ताकि तपाइर्ंको र बच्चाको कपडा खराब नहोस् ।

ब्रेस्ट पम्प

कैयौं पटक बच्चाले थोरै थोरै मात्रामा स्तनपान गर्छन् जसको कारण तपाइर्ंको स्तन कडा हुन्छ र दुखाई महसुस हुन्छ । यसखालको ब्रेस्ट पम्पको मद्धतले तपाइर्ंलाई दुखाईबाट राहत मिल्छ । तपाईं म्यानुअल वा विद्युतिय ब्रेस्ट पम्पको प्रयोग गर्न सक्नुहुन्छ ।

मिल्क स्टोरेज कन्टेनर

यदि तपाई ब्रेस्ट पम्पको प्रयोग गर्नुहुन्छ भने स्तनबाट निकालिएको दुधलाई एक कन्टेनरमा स्टोर गरेर राख्न सक्नुहुन्छ । यसरी राखेर तपाईं नभएको बेलामा बच्चालाई दुध खुवाउन सकिन्छ ।

नरम सिरानी

स्तनपान गर्ने आमाहरुले बच्चालाई दुध पिलाउँदा आरामले बस्नुपर्छ । यसो गरेमा तपाईंको बच्चाले पनि आरामले दुध पिउन सक्छन् । यसको लागि तपाईले तकियालाई आफ्नो पछाडी राखेर पिठलाई सपोर्ट दिन सक्नुहुन्छ ।

नर्सिङ ब्रा

आफ्नो सामान्य साइजभन्दा एक साइज ठूलो ब्रा नै खरिद गर्नुहोस् ।

ब्रेस्ट प्याड्स

सुत्केरी अवस्थमा कैयौं आमाहरुको स्तनबाट दूध आफै आउन थाल्छ । यस्तो अवस्थामा तपाईं ब्रेस्ट प्याडहरुको उपयोग गर्न सक्नुहुन्छ । ब्रेस्ट प्याडहरु डिस्पोजेबल पनि उपलब्ध हुन्छन् वा घरमै पनि धुन मिल्ने खालका पनि हुन्छन् ।

त्यस्तै निप्पल नदुखाउनको लागि कुनै कि्रम वा लोसन् पनि तपाईंलाई आवश्यक हुन्छ ।

यदि तपाई आफ्नो बच्चालाई स्तनपान गराउनु हुँदैन र उनीहरुलाई बाहिरको दुध खुवाउनुहुन्छ भने तपाईलाई दुधको बोतल, बोतलको लागि निम्प्पल पनि आवश्यक पर्छ ।

२. कपडा

बच्चाको लागि कति कपडा चाहिन्छ यो तपाईमा भर पर्छ किनभने बच्चाको जन्मपछि सायद तपाइर्ं बारम्बार सपिङको लागि बाहिर जान नमिल्न सक्छ वा फेरि तपाईको म्याटरनिटि सपिङमा साथी वा परिवारहरुले सहयोग गर्न पनि सक्छन् ।

आवश्यक कपडाहरुः

पुरा र आधा बाहुला भएका कपडा, अगाडि बटन भएको सर्ट, नाइटगाउन/फिडिङ नाइटी, टप्स र पाइजामाको सेट, एक जोडी चप्पल, कम्तिमा पनि पाँच जोडी पायन्ट, दुई तीन जोर पञ्जा, स्वेटर, स्वेट सर्ट

बच्चाको कपडा धुनको लागि डिटर्जेन्ट

ब्लाङ्केट, बच्चालाई ओढाउने च्यादर

३. डायपरिङको लागि आवश्यक सामान

डिस्पोजेबल डायपरभन्दा अर्कोपल्ट पनि प्रयोगमा आउने डायपर प्रभावकारी हुन्छन् ।

बच्चाको साइज अनुसार दर्जन जति डायपर लिनुहोस्

यदि तपाई कपडाको डायपर प्रयोग गर्नुहुन्छ भने दर्जन जति वाटरप्रुफ कभरको पनि तपाईलाई आवश्यकता पर्छ ।

४. नुहाइदिनको लागि आवश्यक सामानहरु

बेबी बाथ टब जो चिप्लने नहोस्

बेबी साबुन र स्याम्पु

मालिसको लागि तेल

कपालको लागि तेल

शावर क्याप

नरम मुलायम तौलिया

नरम दाँत भएका काँइयो

५. बेडटाइम

यदि तपाईं बच्चालाई झोलुंगोमा सुताउनुहुन्छ भने झोलुंगोको लागि नरम गद्दा बनाउनुहोस् । सुत्ने बेला बच्चाको वरिपछि खेलौना नराख्नुहोस् ।

नरम र मुलायम च्यादर, झोलुंगोमा सजिलै फिट हुने हल्का ब्लाङ्केट, झोलुंगोको गद्दाको लागि वाटरप्रुफ कभर पनि आवश्यक पर्छ ।

यदि तपाई बच्चासँगै सुत्नुहुन्छ भने नरम र ठूलो गद्दा, बच्चाको च्यादर तल बिछ्याउनको लागि वाटरप्रुफ प्याडहरु, हल्का ब्लाङ्केट, सफा च्यादर लिनुहोस् ।

बच्चाको लागि आवश्यक केही अन्य चीज

रकिङ चेयर, बुस्टर सीट, औषधिको लागि ड्रपर, रुघाखोकी र हल्का ज्वरोको लागि औषधिहरु, बेबी थर्मोमिटर, डायपर ब्याग, बच्चाको कपडाको लागि हृयांगर, बच्चाको कपडा राख्नको लागि बास्केट, नाइट लाइट, सुताउनको लागि लोरीहरुको सिडि वा अडियो टेप, फोहोर डायपरको लागि डस्टबिन, झोलुंगो, बेबी मनिटर आदी सामानहरु बच्चाको लागि आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?