+
+
Shares

सांसद मनाङ्गेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १६:०६

९ माघ, काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।

अखि नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ्लाई दुर्व्यवहार गरेको आरोपमा उजुरी परेपछि मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीलाई बिहीबार अनुमति दिएको हो ।

सांसद मनाङ्गेले एक कार्यक्रममा झापड हानेपछि एन्फा अध्यक्ष गुरुङले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?