+

ए डिभिजन लिगमा जाउलाखेलले एपीएफलाई हरायो

२०७६ माघ  ९ गते १७:५० २०७६ माघ ९ गते १७:५०
ए डिभिजन लिगमा जाउलाखेलले एपीएफलाई हरायो

९ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको बिहीबारको खेलमा जाउलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा एपीएफ क्लबलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ ।

दशरथ रंगशालामा भएको खेलमा ललितपुरे क्लब जाउलाखेलले विभागीय टोली एपीएफलाई १-० ले पराजित गरेको हो । जाउलाखेललका लागि एक मात्र गोल फोडे फोफानाले ७१ औं मिनेटमा गरे ।

खेलको ५७ औं मिनेटमा जाउलाखेलका गोलकिपर टेकेन्द्र थापाले पेनाल्टी एरिया बाहिर बल समातेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए । त्यसपछि जाउलाखेलले आधा घण्टा भन्दा बढी १० खेलाडीमा रहेर खेलेको थियो । तर एक खेलाडी कम भएको फाइदा एपीएफले उठाउन सकेन ।

यस सिजन तेस्रो जित हात पारेको जाउलाखेल ८ खेलबाट १२ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । जाउलाखेलले ८ मध्ये ३ खेलमा जीत, ३ खेलमा बराबरी खेलेको थियो भने दुई खेलमा हार ब्यहोरेको थियो ।

उता यस सिजन खराब प्रदर्शन गरिरहेको एपीएफको यो पाँचौ हार हो । १ जीत र २ बराबरीबाट ५ अंक मात्र जोडेको एपीएफ पुछारबाट दोस्रो स्थानमा छ । यस हारले एपीएफलाई रेलिगेसनको दबाब बढेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय