Comments Add Comment

राष्ट्रियसभा चुनाव : प्रदेश २ मा मात्रै सतप्रतिशत मत खस्यो

९ माघ, काठमाडौं । १८ जना राष्ट्रियसभा सदस्यका लागि बिहीबार सातै प्रदेशमा मतदान भएको छ । बिहान १० बजेदेखि अपराहृन ४ बजेसम्म शान्तिपूर्णरुपमा सातै प्रदेशमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रदेशसभाका ५५० जना मतदाता रहेकोमा ५४५ जनाले मतदान गरेका छन् भने ५ जना अनुपस्थित भएइका छन् । स्थानीय तहका एक हजार ५०६ जना मतदाता रहेकामा एक हजार ४९५ जनाले मतदान गरेका छन् भने ११ जना उपस्थित नभएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश २ मा मात्रै सतप्रतिसत मतदान भएको छ भने अन्य ६ वटा प्रदेशमा सतप्रतिशत मतदान हुन सकेन् । प्रदेश २ का १०७ प्रदेशसभा सदस्य र २७२ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका छन् । प्रदेश २ मा महिला, दलित, अपाङ्गता र अन्य गरी ४ जनाका लागि चुनाव भएको हो ।

प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य मध्ये ९२ जना र स्थानीय तहका २७४ मध्ये २७२ जनाले मतदान गरे । यहाँ महिला, दलित र अन्यका लागि मतदान भएको हो ।

यस्तै बागमती प्रदेशमा ११० प्रदेशसभा सदस्यमध्ये १०८ र स्थानीय तहमा २३८ मत रहेकामा २३६ मत खसेको छ । यहाँ महिला र अन्य गरी २ पदमा मतदान भएको हो ।

महिला र अन्य गरी २ पदमा चुनाव भएको गण्डकी प्रदेशमा प्रदेश ५ मा प्रदेशसभाका ६० सदस्यमध्ये ६० जनाले नै मतदान गरे भने स्थानीय तहका १७० मध्ये १६८ जनाले मतदान गरे ।

प्रदेश ५ मा प्रदेशसभाका ८७ मध्ये ८६ र स्थानीय तहका २१८ मध्ये २१७ जनाले मतदान गरेका छन् । यो प्रदेशमा महिला, अपांगता भएका र अन्य गरी ३ जनाका लागि मतदान भएको हो ।

महिला र अन्य गरी दुई सदस्यका लागि चुनाव भएको कर्णालीमा प्रदेशसभाका ४० जनाले नै मतदान गरे भने स्थानीय तहका १५८ मध्ये १५५ जनाले मात्रै मतदान गरे ।

सुदूरपश्चिम प्रदेशका ५३ जना प्रदेशसभा सदस्य मध्ये ५२ जना र स्थानीय तहका १७६ जना मध्ये १७५ जनाले मतदान गरेको निर्वाचन आयोजले जनाएको छ ।

प्रदेश १ मा विराटनगरको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुरको महेन्द्र नारायण निधि स्मृति भवन, बागमती प्रदेशको ललितपुर महानगरपालिका-४ को कार्यालय, गण्डकीको जिल्ला निर्वाचन कार्यालय कास्की परिसर, प्रदेश ५ को घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको.जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment