+
+

शहीद स्मारक ‘ए’ डिभिजन : मनाङ–सरस्वती र च्यासल–ब्रिगेड भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १० गते १०:५७

१० माघ, काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज आठौं चरणका २ खेल हुँदैछन् ।

पहिलो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र सरस्वती युथ क्लब बीच खेल हुनेछ । खेल मध्याह्न १२ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल ३ बजे सुरु हुनेछ ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ ।

मनाङ ७ खेलमा ३ जित र ४ बराबरी खेल्दै १३ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । सरस्वती उति नै खेलबाट १ अंक जोड्दै पुछारमा छ र रेलिगेसनबाट बच्न संघर्षरत छ ।

यस्तै ब्रिगेड ८ अंकसहित नवौं स्थानमा रहेको छ भने ६ अंक जोडेको च्यासल १२ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?