Comments Add Comment

नेपाल एयरलाइन्सका २० पाइलटले बुझाए सामूहिक राजीनामाकाे नाेटिस

१० माघ, काठमाडौं । नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनीसहितकाे पत्र  बुझाएका छन । ‘राजीनामा नाेटिस’ लेखिएकाे चेतावनी पत्रमा २० पाइलटकाे हस्ताक्षर छ ।

सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको भन्दै ए ३२० र ए ३३० जहाज जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका छन् ।

राजीनामाकाे चेतावनीसहित पत्र  दिनेहरु सबै पाइलट अन्तर्राष्ट्रिय उडानका जहाज उडाउने हुन् । उनीहरूले ३ महिनामा माग पूरा नभए राजीनामा दिने पत्रमा उल्लेख गरेका छन । व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् ।

निगमका पाइलट लामो समयदेखि सेवा–सुविधाको विषयलाई लिएर रुष्ट थिए ।

निजि क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले एकै पटक एयरबस थप्ने तयारी गरिरहँदा आएको सामूहिक राजीनामा दिने चेतावनीले राष्ट्रियध्वजावाहकलाई थप धक्का पुग्ने ठानिएको छ ।

यसअघि नेपाल वायु सेवा निगमका मदन खरेलले पनि निगमको कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयकै सचिव केदारबहादुर अधिकारीलाई रिक्त अध्यक्षको जिम्मेवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment