Comments Add Comment

वीरगञ्जमा स्वदेशी जुत्ता–चप्पल व्यापार मेला सुरु

९ माघ, वीरगञ्ज । वीरगञ्जमा एक महिने स्वदेशी जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ ।

वीरगञ्ज घण्टाघरस्थित बीपी उद्यानमा लागेको मेलामा १५ देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । फागुन ८ गतेसम्म चल्ने मेलाको नेपाल र भारतका २ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा एक लाख जोडी जुत्ता–चपल बिक्री गर्ने लक्ष्य आयोजकको छ ।

मेलामा शिखर, रन, बिएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल गरी ७ स्वदेशी कम्पनीका १ हजार बढी ब्रान्डका जुत्ता चप्पल राखिएको नेपाली जुत्ता घर प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

विदेशी जुत्ता चप्पलसँग प्रतिष्पर्धा गर्न नसक्दा नेपालका १५ सय उद्योगको १७ अर्ब जोखिममा रहेको उद्योगीहरू बताउँछन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले मेलाको उद्घाटन गर्दै स्वदेशी उत्पादनको प्रवर्द्धनमा सबै पक्षले सहयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment