Comments Add Comment

नेपालमा संस्थागत भ्रष्टाचार बढ्यो, नियन्त्रणमा सरकार चुक्यो : शाह

'सूचना प्रविधि विधेयक संविधान विपरीत, पास हुन दिन्नौं'

१० माघ, बुटवल । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नेपालमा संस्थागत भ्रष्टाचार बढ्दै गएको बताएका छन् । उनले राज्य नै संस्थागत भ्रष्टाचारमा लाग्दा भयावह अवस्था आउन लागेको समेत चेतावनी दिए ।

बुटवलमा रिपोर्टर्स क्लव प्रदेश ५ ले गरेको साक्षात्कारमा शाहले सरकारले भ्रष्टाचार कम गर्ने नारा मात्रै भट्टाउने तर ब्यबहारमा त्यसको उल्टो भइरहेको तर्क गरे । ‘हामी प्रहरी, अख्तियार होइनौं, कारबाही गर्न पनि हामीले मिल्दैन तर कहाँ अनियमितता भएको छ खोज्छौं यथार्थ तथ्य सहित कारबाहिका लागि सिफारिस गर्छौं’ उनले भने ।

अदालत, वाइडबढी, एनसेल, गोकर्ण रिसोर्ट, बालुवाटारलगायतका काण्डमा छानबिन भइरहेको र कतिपय काण्डमा आफूहरुले गरेको निश्कर्ष नै अन्तिम भएको बताए ।

शाहले समय आएपछि सबै कुरा दूधको दूध र पानीको पानी हुने कुरामा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘अहिले हामी डाटा कलेक्सनमा छौ त्यो काम सकेर छिट्टै सम्पूर्ण विवरण तथ्यसहित सार्वजनिक गर्नेछौं ।’

कांग्रेस नेता शाहले संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था भएको भन्दै यतिबेला सत्तारुढ नेकपाको नैतिकता हेर्ने बेला भएको बताए । सूचना प्रबिधि विधयेक संविधान विपरीत र लोकतान्त्रिक व्यवस्थाको खिलाफ, मानव अधिकारविरोधी भएकाले कांग्रेसले पास गर्न नदिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment