Comments Add Comment

ए डिभिजन लिगमा ब्रिगेड ब्वाइजमाथि च्यासलको जीत

१० माघ, काठमाडौं । सन्तोष साहुखलले ईन्जुरी टाइममा गरेको एक मात्र गोलको मद्दतमा च्यासल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको हो ।

साहुखलले ईन्जुरी टाइमको दोस्रो मिनेटमा निर्णायक गोल गरे ।

जितपछि ८ खेलबाट ९ अंक जोडेको च्यासल अंक तालिकामा आठौं स्थानमा उक्लेको छ ।

८ खेलबाट ८ अंक नै रहेको ब्रिगेड दशौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment