Comments Add Comment

बराबरीमा रोकियो आर्मी, उपाधि होड रोमाञ्चक

११ माघ, काठमाडौं । न्यूरोड टिम (एनआरटी)ले शहीद स्मारक ए डिभिजन लिगमा लिग लिडर त्रिभुवन आर्मी क्लबलाई बराबरीमा रोकेको छ । शनिबार भएको खेलमा एनआरटीले आर्मीलाई गोलरहित बराबरीमा रोकिएको हो ।

यससँगै  लिगको उपाधि होड रोमाञ्चक बनेको छ ।

शनिबार न्यूरोड टिमविरुद्ध मैदान उत्रिँदा आर्मीसामू तीन अंकको अग्रता लिने मौका थियो । तर आर्मीले गोल नै गर्न सकेन ।दशरथ रंगशालामा भएको खेलका आर्मीले गोलका आधा दर्जन अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

इन्जुरी टाइममा एनआरटीका जुनियर निकुनगुए रातो कार्ड पाएका थिए ।

एनआरटीका गोलकिपर अजित प्रजापतिको उत्कृष्ट प्रदर्शन गर्दा आर्मीको फिनिसिङ कमजोर देखियो । आर्मीमा कप्तान भरत खवाससहित नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, दिनेश हेन्जन जस्ता फरवार्ड भएपनि गोल गर्न सकेन ।

उपाधि होड रोमाञ्चक

लिमा अब पाँच चरणको खेल बाँकी छ ।

आठौं चरणमा उपाधि दाबेदारहरु मनाङ मर्स्याङ्दी क्लब मछिन्द्र क्लब र थ्री स्टार क्लबले जित हात पार्दा त्रिभुवन आर्मी भने बराबरीमा रोकियो । यसले उपाधि होडलाई खुल्ला बनाएको छ ।

सातौं चरणमा आर्मीले मछिन्द्र र मनाङमाथि ३ अंकको स्पष्ट अग्रता बनाएको थियो, तर आठौं चरण सकिँदा आर्मीको अग्रता १ अंकमा झरेको छ ।आर्मीसंगै मनाङ र मछिन्द्र र थ्री स्टार उपाधिको दाबेदारमा अगडि छन् । आर्मी १७ अंकसहित शीर्ष स्थानमा रहँदा मछिन्द्र दोस्रो र मनाङ तेस्रोमा छ । दुवैको समान १६ अंक छ तर गोल अन्तरमा मछिन्द्र अघि छ । यस्तै ८ खेलबाट १४ अंकसहित थ्री स्टार चौथोमा छ ।

त्यसपछि तीन टिमको समान १२ अंक छ ।तर गोलअन्तरमा एनआरटी अगाडि रहँदै पाँचौ, संकटा छैटौं र जावलाखेल सातौंमा छ । नेपाल पुलिस ११ अंकसहित आठौं स्थानमा छ ।

अंकतालिकामा शीर्ष चार टिमबीच जम्मा ३ अंकको फरक छ भने शीर्ष सात टिमबीच ६ अंकको । यसले पनि उपाधि होडलाई अझ रोचक बनाएको छ । कुनै पनि टिमले कुनै पनि टिमको नतिजालाई फेरबदल पार्नसक्छ ।

उपाधि होड रोमाञ्चक बन्दा सरस्वती युथ क्लब रेलिगेसन जोनमा छ ।८ खेलबाट जम्मा १ अकसहित सरस्वती अंक तालिकामा पूछारमा छ । सरस्वतीभन्दा ४ अंक बढी रहेको विभागीय टोली एपीएफ १३औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment