Comments Add Comment

कोरोना संक्रमितका लागि चीनले ६ दिनमा बनाउँदैछ हजार शैयाको अस्पताल

११ माघ, काठमाडौं । चीनको वुहान सहर घातक कोरोना भाइरससँग जुधिरहेको छ । १० लाख जनसंख्या रहेको वुहानमा संक्रमण फैलिन थालेको छ र ८३० संक्रमित भेटिएका छन् ।

४१ जनाको मृत्यु भइसकेको छ ।

अस्पतालहरुको स्थिति चिन्ताजनक छ । विरामीको भीड लागेको छ र औषधिको अभाव हुन लागेको छ ।

र, विरामीको उपचारका लागि नयाँ अस्पताल बनाइँदैछ । यो अस्पताल मात्र ६ दिनमा तयार हुनेछ । एक हजार शैयाको यो अस्पताल बनाउन कुुन रफ्तारमा काम भइरहेको भन्ने चिनियाँ सरकारी सञ्चारमाध्यममा प्रशारित भिडियोमा देखिन्छ ।

अस्पतालका लागि २५ हजार वर्गमीटर भएको इलाकामा थुप्रै डोजरले एकसाथ खन्ने काम गरिरहेका छन् ।

चीनले २००३ मा सार्स भाइरसबाट संक्रमित भएकाहरुको उपचारका लागि बेइजिङमा यसरी नै अस्पतल बनाएको थियो । त्यसबेला ७ दिनमा अस्पताल बनेको थियो । अहिले त्यो रेकर्ड तोड्ने प्रयास हुने काउन्सिल अन फरेन रिलेशनमा ग्लोबरल हेल्थका सिनियर फेलो यानजोङ हुआन बताउँछन् ।

यो अस्पताल पि्र फेबि्रकेटेड मेटेरियलबाट बनाइनेछ ।

यो काम समयमै सम्पन्न गर्न देशका विभिन्न भागबाट इन्जिनियरहरुलाई बोलाइएको छ । औषधि अभाव टार्न पनि वुहानले अरु अस्पतालबाट आपूर्ति गर्ने वा सिधै कम्पनीसँग किन्ने योजनामा विचार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment