Comments Add Comment

विराजले निकितालाई ‘झ्याम्मै आँखा मारेपछि’

माघको २४ गतेबाट रिलिज हुन लागेको नायक विराज भट्ट र नायिका निकिता चण्डक अभिनित चलचित्र ‘साङ्लो’को दोश्रो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’ सार्वजनिक भएको छ ।

यो गीतमा सुरेश अधिकारीको संगीत, निशान भट्टराई र अन्जु पन्तको स्वर, निशानकै शब्द छ । डान्सिङ नम्बरमा तयार पारिएको यो गीतमा नायक विराज भट्ट र नायिका निकिता चण्डकको जोडी सुहाएको छ ।

यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । रामजीले विराज र निकितालाई अहिलेको पुस्ताले मन पराउने स्टेपहरुमा नचाउने प्रयास गरेका छन् । चलचित्रमा विराज र निकिताको साथमा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारको अभिनय छ ।

विराज भट्टकै निर्देशनमा तयार भएको यो चलचित्रमा शिवम् अधिकारीको कथा छ । मानकृष्ण महर्जनले छायांकन गरेको चलचित्रमा श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन छ । यो चलचित्रको ट्रेलरलाई दर्शकले रुचाइसकेका छन् । पहिलो गीत ‘चरीले काफल टिप्यो’ औषत हिट हुँदा यो गीत सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment