Comments Add Comment

उपल थरंगाले ललितपुर प्याट्रिओट्सबाट ईपीएल खेल्ने

१३ माघ, काठमाडौं । श्रीलंकाली खेलाडी उपल थरंगाले साविक विजेता ललितपुर प्याट्रिओट्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० खेल्ने भएका छन् ।

३५ वर्षीय देब्रे हाते ब्याट्सम्यान थरंगाले श्रीलंकाको लागि ३१ टेष्ट, २८५ ओडीआई र २६ टी २०आई खेलेका छन् । ईपीएल २०२० मा ललितपुबाट खेल्न पाउँदा आफू सम्मानित भएको थरंगाले बताएका छन् ।

थरंगाले नेपालको क्रिकेट कल्चर विकास हुँदै गएको र त्यसको एक हिस्सा बन्न पाउँदा खुशी लागेको बताए । यस्तै ललितपुरका मालिक किशोर महर्जनले थरंगाको आगमनले टिम सन्तुलित हुने बताए ।

थरंगा ओडीआई क्रिकेटमा ७ भन्दा बढी २०० रनको साझेदारी गर्ने दुई खेलाडीमध्ये एक हुन् । यस्तो सफलता रिकी पोन्टिङले पनि प्राप्त गरेका छन् । ललितपुरको कप्तानी राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment