+
+

भ्रष्टाचारमा पाँचवर्षे हदम्यादसहितको विधेयक राष्ट्रियसभामा पेस हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १०:१३

१४ माघ, काठमाडौं । राष्ट्रियसभाको आज बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पेस हुने भएको छ । दुवै विधेयक प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्ने कार्यसूची छ ।

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा भ्रष्टाचारसम्बन्धी मुद्दामा पाँचवर्षे हदम्याद राख्ने प्रस्ताव गरिएको छ । यो विधेयकमा सल्लाहकार, परामर्शदाता र विशेषज्ञ पनि राष्ट्रसेवक भन्नुपर्ने उल्लेख छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पेस गर्ने कार्यसूची पनि तय भएको छ । यस्तै, प्रतिनिधिसभाका पूर्वसदस्य गम्भीरजंग कार्कीको निधनमा राष्ट्रियसभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?