Comments Add Comment

‘ए’ डिभिजन लिगमा आज २ खेल हुँदै

१४ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज पनि नवौं चरणका २ खेल हुँदैछ ।

एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार आजको दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

मध्याह्न १२ बजे हुने खेलमा हिमालयन शेर्पाले सरस्वती युथ क्लबसँग खेल्नेछ । यस्तै, दिउँसो ३ बजे त्रिभुवन आर्मीले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

८ खेलबाट १७ अंक जोडेको बर्मी अंक तालिकामा दोस्रो स्थानमा छ । थ्री स्टारलाई पराजित गर्दै मछिन्द्रले आर्मीलाई २ अंकले पछि पारेको छ । उपाधि होडमा रहेको आर्मीका लागि आजको खेल महत्त्वपूर्ण छ । जावलाखेललाई हराएमा आर्मी पुनः शीर्ष स्थानमा उक्लनेछ । उता, ८ खेलबाट १२ अंकसहित जावलाखेल सातौं स्थानमा छ । आर्मीलाई हराउन सके जावलाखेल पनि चौथो स्थानमा उक्लनेछ ।

यस्तै, हिमालयन शेर्पासँग खेल्दा सरस्वतीको लागि ‘गर’ या ‘मर’को अवस्था हुनेछ । ८ खेलबाट मात्र १ अंक रहेको सरस्वती अंक तालिकामा पुछारमा छ र रेलिगेसनको दबावमा छ । उति नै खेलबाट हिमालयन शेर्पा ७ अंक जोड्दै १२ औं स्थानमा छ । १३ औं स्थानमा रहेको एपीएफको ९ खेलबाट ५ अंक छ । सरस्वतीलाई पराजित गरेमा हिमालयन दशौँ स्थानमा उक्लनेछ ।

शेर्पालाई हराउन सके सरस्वतीलाई ठूलो राहत मिल्नेछ । जितले सरस्वतीको ४ अंक हुनेछ र त्यसले एपीएफमाथि पनि दबाव बढ्नेछ । शेर्पासँग पराजित भएमा सरस्वतीलाई झन् धेरै रेलिगेसनको दबाव हुनेछ ।

लिगमा ९ खेलबाट १९ अंक जोड्दै मछिन्द्र शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment