
चलचित्र ‘कृ’मा काम गरेपछि नायिक अदिती वुढाथोकीले नयाँ चलचित्र साइन गरेकी छैनन् । बरु, अदिती इन्स्टाग्राममा आफ्ना हट तस्वीर राखेर चर्चामा छिन् । भारतका केही प्रान्तका म्यूजिक भिडियोमा भने उनले काम गरिरहेकी छिन् ।
उनै, अदिती अब एक नयाँ चलचित्रमा देखिने तयारीमा छिन् । चलचित्र ‘कृ’का निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको अनटाइटल प्रोजेक्टमा अदितीले काम गर्न लागेको वुझिएको छ ।
यस्तै, यो चलचित्रमा युवापुस्तामा लोकप्रिय रहेका गायक नितेशजंग कुँवरले पनि काम गर्ने चर्चा छ ।
नितेश आफ्ना गीतसंगीतको माध्यमबाट युवापुस्तामा चर्चित छन् । यो बिषयमा निर्देशक पौडेल भन्छन्–‘नितेश र अदिती दुबैसँग कुरा अगाडि बढेको छ । तर, दुबै जनासँग हामीले लिखित संझौता गरिसकेका छैनौ ।’
यो चलचित्रको छायांकन सिक्किममा हुने वुझिएको छ । सुरेन्द्रकै निर्देशनमा तयार भएको चलचित्र ‘कृ’मा काम गरेपछि अदिती नेपाली चलचित्रका दर्शकमाझ लोकप्रिय छिन् ।
प्रतिक्रिया 4