+
+
Shares

सरुवामा असन्तुष्ट कर्मचारी युनियन भन्यो-प्राधिकरणको भण्डाफोर गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते १३:४३

१४ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले प्राधिकरणभित्र अनियमतिता र आफूखुसी मौलाएको भन्दै भण्डाफोर अभियान चलाउने घोषणा गरेको छ । कर्मचारीमा सरुवा लगायतमा असन्तुष्टी व्यक्त गर्दै प्राधिकरणको आधिकारिक युनियनले देशभर नै भण्डाफोर गर्ने घोषणा गरेको हो ।

युनियनको फैलँदो लोकप्रियताबाट अत्ताल्लिएको प्रतिक्रियावादी, अवसरवादी झुन्डले कार्यकारी निर्देशक कुलमान घिसिङको लोकप्रियताको आडमा अन्यापूर्ण व्यवहार गरेको आरोप युनियनले विज्ञपीतमार्फत लगाएको छ ।

‘कतिपय विषयमा कार्यकारी निर्देशकलाई समेत गुमराहमा राख्दै नीतिगत विषयहरु समेत बंग्याएर परिपत्र गर्ने, कर्मचारी सुरुवा र पदस्थापनमा न्युनतम् मूल्य-मान्यता र विधिसमेत बेवास्ता गर्दै स्वेच्छाचारिपूर्ण र अन्यायपूर्ण काम भएको छ,’ युनियनले भनेको छ ।

कर्मचारीलाई काँखापाखाको व्यवहार गर्ने, व्यक्तिगत प्रतिशोध साँधेर कार्यसम्पादन मूल्यांकन नम्बर घटाउने, अवकासको निकट रहेका कर्मचारीको समेत नम्बर घटाउने, मुटु र मिर्गाैलाजस्ता गम्भीर प्रकृतिका रोग लागेका कर्मचारीको पीडामा न्युनतम् मानवीय व्यवहार पनि नदेखाउने, कोटरीका चाकरीवाजहरुको लाभपूर्ण सरुवा गर्ने, कर्मचारीको वृत्ति विकासका लागि नियमित पदपूर्ति प्रक्रिया अवरुद्ध गर्ने, ट्रेड युनियन आन्दोलनलाई बदनाम गर्ने लगायतको काम भएको छ,’ युनियनले भनेको छ ।

यस्ता कामले कर्मचारीमा सन्त्रास पैदा गर्ने काम गरेकाले सांकेतिक भण्डाफोर सुरु गरेको हो । कानून विपरित विना प्रतिस्पर्धा खरिद कार्य गर्ने गराउने, सेवाग्राहीको हित विपरित हुने कार्य गर्ने, कार्यालयमा बसी ठेक्कापट्टा र अनियमिततामा रमाउने, खरबदारी गर्ने कर्मचारीबारे व्यवस्थापनलाई रिर्पोटिङ गरेर ब्ल्याक लिष्टको नाममा आतंक सिर्जना गर्नेहरूको भण्डाफोर गर्न युनियनले मातहतका समितिहरुलाई निर्देशन दिएको छ । युनियनले उज्यालोभित्रका सबै अध्याँरो खेल खण्डहरुको भण्डाफोर गर्न भनेको छ ।

कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आउनुअघि प्राधिकरणभित्र हजारौं कर्मचारीको वर्षौंसम्म सरुवा हुन सकेको थिएन । त्यसै वर्षबाट प्राधिकरणले ‘राइट म्यान, राइट प्लेस’को अवधारणा अनुसार नियमित सरुवा गर्दै आएको छ ।

यसले गर्दा एकै स्थानमा बसेर मिलेमतोमा धन्दा चलाउने कर्मचारीहरुको पनि प्रत्येक २ वर्षमा सुरुवा हुन थालेको छ । अहिले कर्मचारीको सरुवामा पहिलेजस्तो युनियन हावी हुन पाएको छैन ।
तर, यसप्रकारको सरुवाले अन्याय भएको ठहर गर्दै युनियनले प्राधिकरणभित्र कर्मचारीलाई अप्ठेरो भएको भन्दै युनियन आन्दोलित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?