Comments Add Comment

तिलोत्तमाको ९ नम्बर वडा देशकै पहिलो खुला पोलिथिनमुक्त घोषणा

जथाभावी फोहोर फ्याँके जरिवाना

१४ माघ, बुटवल । नगरलाई खुला पोलिथिनमुक्त घोषणाको तयारीमा रहेको तिलोत्तमा नगरपालिकाको वडा नम्बर ९ देशकै पहिलो खुला पोलिथिनमुक्त वडा घोषित भएको छ । नगरका १७ वटा वडामध्ये मंगलबार औपचारिक समारोहका बीच वडा नम्बर ९ लाई शून्य पोलिथिन वडा घोषणा गरिएको हो ।

घोषणाअघि नगरप्रमुख र वडाध्यक्षको नेतृत्वमा वडावासीले बाजागाजासहितको र्‍याली निकालेका थिए । र्‍यालीपछि आयोजित समारोहमा नगरप्रमुख वासुदेव घिमिरेले वडा अध्यक्ष नारायण न्यौपानेलाई खुला पोलिथिनमुक्त वडाको प्रमाणपत्र प्रदान गरे । उनले आगामी माघ अन्तिम साता सिंगो नगरपालिकालाई देशकै पहिलो खुला पोलिथिनमुक्त  नगर घोषणा गरिने भएकाले यो अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरे । नगरपालिकालाई देशकै पहिलो खुला पोलिथिनमुक्त घोषणा कार्यक्रममा २५ हजार नगरवासीलाई उपस्थित गराइ सामूहिक संकल्प र प्रशिक्षणसहित गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने योजना रहेको उनले बताए ।

खुला पोलिथिनमुक्त वडा घोषणा भएसँगै उक्त वडाले अब प्लाष्टिकजन्य फोहोर सडक, सार्वजनिकस्थल वा अन्य कुनै स्थानमा फ्याँकेको पाइएमा जरिवाना लिने नीति नगरपालिकाले  बनाएको छ । ‘घोषणा भएपछि अब हाम्रो जोड यसको प्रभावकारी कार्यान्वयनमा रहन्छ, सवारीसाधनबाट जथाभावी फोहोर फ्याँक्ने वा घर, पसल लगायतबाट प्लाष्टिकजन्य फोहोर फ्याँक्नेहरु जरिवानामा पर्छन्,’ नगरप्रमुख घिमिरले भने ।

यो पनि पढ्नुहोस पोलिथिनमुक्त नगर बन्दै तिलोत्तमा

स्वच्छ र सफा नगरले मात्रै नगरबासी स्वस्थ हुने र नगर पनि सुन्दर हुने भन्दै उनले अब सबै वडावासी कार्यान्वयनमा जुट्ने बताए । वडामा क्रियाशिल विभिन्न टोल समितिलाई परिचालन गरी सिंगो वडालाई शून्य पोलिथिन बनाउन सफल भएको भन्दै वडा अध्यक्ष न्यौपानेले यसमा दिनरात खट्ने सिम नेपाल र सम्पूर्ण वडावासीलाई धन्यवाद दिए ।

वातावरणविद् निपेश ढाका अधिकारी नेतृत्वको सिम नेपालले तिलोत्तमा नगरपालिकालाई यही माघ महिनाभित्रै शून्य पोलिथिन घोषणा गर्ने गरी अभियान चलाइरहेको छ । अब एकसाताभित्र नगरका सबै वडालाई खुला शून्य पोलिथिन घोषणा गरिने अभियान्ता अधिकारीले बताए ।

तिलोत्तमाले यसअघि नै नगरलाई खुला प्लाष्टिक निषेध घोषणा गरेको थियो । प्लाष्टिक र पोलिथिन फरक प्रकृति भएको भन्दै सुरुआतमा पोलिथिन मुक्त घोषणा गरिंदैछ । पोलिथिनले उच्च प्रदुषण गर्ने भन्दै सीम नेपालले तिलोत्तमाबाट सुरु गरेको यो अभियान मुलुकभर नै चलाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment