Comments Add Comment

नेकपा बैठक भोलिबाट, ओलीको उद्घाटन मन्तव्य

१४ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक भोलि सुरु हुँदैछ । राष्ट्रियसभा गृहमा विहान ११ बजे बोलाइएको बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

यसलाई उद्घाटन मन्तव्य भनिएको छ । तर सरकारका पछिल्ला निर्णयहरुबारे पार्टीभित्र र बाहिर उठेका विषयमा सम्बोधन गर्ने संकेत देखिएको एक नेता बताए । केन्द्रीय कमिटीको अघिल्लो दिन बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उठेका विषयहरुमा बोल्नुपर्‍यो भनेका थिए ।

सचिवालयले केन्द्रीय कमिटी बैठकको एजेण्डा पनि तय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुबै अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । महासचिव विष्णु पौडेलले सांगठनिक तथा विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । यस्तै सातै प्रदेशका अध्यक्षहरुले रिर्पोटिङ गर्ने कार्यक्रम पनि रहेको प्रवक्ता श्रेष्ठले बताए ।

केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपत्यका बाहिर रहेका नेताहरु काठमाडौं आउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment