Comments Add Comment

निफका लागि हलिउड फिल्म मेकर नेपाल आउने

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा फागुणको १ गतेदेखि ५ गतेसम्म आयोजना हुने तेस्रो नेपाल इन्टरनेशनल फिल्म फेस्टिभलमा हलिउड फिल्म मेकरले डिजिटल स्ट्रिमिङ सम्बन्धी वर्कसप दिने पक्का भएको छ ।

‘फिल्म मेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकमा हुने वर्कसपमा हलिउडसँगै नेपालका केही चलचित्रकर्मीले आफ्नो अनुभव नेपाली चलचित्रकर्मीमाझ शेयर गर्नेछन् । यो महोत्सवका निर्देशक केपी पाठकले हलिउडबाट ल्यारी कासानोफ, ज्याक स्टेन्ज र जोयलोन होफ आउने पक्का भएको जानकारी दिएका छन् ।

ल्यारी कोफले हलिउडमा ‘टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट’ जस्ता चलचित्र निर्माण गरेका छन् । यस्तै, लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेनः फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि चलचित्र बनाएका छन् । जोयलोन होफ भने नेटफिल्क्स, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रुपमा काम गरेका व्यक्ति हुन् ।

‘स्ट्रिमिङ साइटलाई केन्द्रमा राखेर तीनैजनाले आफ्नो अनुभव बताउने पाठके जानकारी दिए । दिनभर चल्ने वर्कसपमा ज्याक स्टेन्जले पटकथा लेखनको बिषयमा पनि नेपाली चलचित्रकर्मीसँग अन्र्तक्रिया गर्नेछन् । यस्तै, एउटा सेसनमा निश्चल बस्नेत, नकिम उद्दिन र नम्रता श्रेष्ठ स्थानीय फिल्म विश्व बजारमा पुग्न खेपिरहेका चुनौतीका बारेमा हलिउडका फिल्म मेकरसँग बहसमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment