+
+

भिडियो खिचिरहेका फ्यानमाथि किन भड्किए सलमान ?

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते ११:५७

नायक सलमान खान कहिलेकाही फ्यानमाथि भड्किन्छन् । सलमानको दिमागी पारो चढ्दा फ्यानमाथि उनको यस्तो व्यवहार देखिन्छ ।

उनै, सलमान फेरि एकपटक फ्यानमाथि भड्किएका छन् । सामाजिक संजालमा भाइरल बनिरहेको एक भिडियोमा सलमान विमानस्थबाट बाहिर निस्कदै गर्दा भिडियो खिचिरहेका एक फ्यान देखेर भड्किए र उनको मोबाइल नै खोसिदिए ।

सलमान मंगलबार चलचित्र ‘राधे’को छायांकनका लागि गोवा पुगेका थिए । गोवाको विमानस्थलमा उनलाई हेर्नका लागि सयौ फ्यान उपस्थित थिए । एक फ्यानले भने उनको भिडियो बनाइरहेका थिए ।

सलमानले जब, उनले भिडियो खिचिरहेको थाहा पाए, यसपछि भने उनको रिसको पारो चढ्यो । यसपछि सलमानले फ्यानको मोबाइल खोसे र विमानस्थलबाट बाहिरिए । सलमानले यसअघि पनि फ्यानको मोबाइल खोसेर फालिदिएका छन् । सलमानले अनुमती विना आफ्नो भिडियो खिचेका कारण फ्यानमाथि यस्तो व्यवहार देखाएको अड्कल लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?