Comments Add Comment

भारतको पश्चिम बंगालमा हिँसात्मक प्रदर्शन, दुई जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बंगालमा नागरिकता संशोधन ऐन (सीएए) को विरूद्धमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

सीएएको विरोधमा बुधबार आव्हान गरिएको बन्दको क्रममा पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको जंगीमा दुई समूहबीच भएको हिंसात्मक प्रदर्शनमा गोली चल्दा ५५ वर्षीय अनवारुल विश्वास र मक बुल शेखको मृत्यु भएको बीबीसीले जनाएको छ ।

हिंसात्मक प्रदर्शनको क्रममा भएको गोलीबारीमा रिजानुर, अलाउद्दिन र मंटु मण्डल घाइते भएका छन् । घाइते तीनै जनालाई उपचारको मुर्शिदाबाद मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ ।

हिंसात्मक झडपको क्रममा बम विष्फोट समेत भएको छ । विष्फोट र झडपका कारण धेरै घरहरू तोडफोड हुनुका साथै मोटरसाइकलहरूमा आगजनी गरिएको छ ।

आक्रमणकारीहरू को हुन् वा मृतक व्यक्तिहरु कुन राजनैतिक दलसँग सम्बद्ध थिए भन्नेबार प्रहरीले जानकारी दिन अस्वीकार गरेको छ । प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment