
१५ माघ, काठमाडौं । २०७२ सालको भूकम्पमा परी क्षति भएको पाटन दरवार क्षेत्रको १६ औं शताब्दीको मल्लकालीन चारनारायण मन्दिर जीर्णोद्दार भएको छ ।
जीर्णोद्दार भएको मन्दिरको बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले संयुक्त रूपमा उद्घाटन गरे ।
अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषको आर्थिक सहयोगमा वर्ल्ड मोनुमेन्ट फन्ड, जापानी दूतावास, जर्मन दूतावास, र साउथ एसिया इन्स्टिच्युटले काठमाडौं उपत्यका सांस्कृतिक संरक्षण कोषलाई सो जीर्णोद्दार परियोजनाका ललागि सहयोग गरेको थियो ।
अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषले सन् २००३ देखि झण्डै ३५ लाख डलरभन्दा बढीको सहयोगमा २४ वटा सांस्कृतिक सम्पदा संरक्षणमा सहयोग गरेको अमेरिकी दूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4