Comments Add Comment

लिभरपुललाई १९ अंकको अग्रता

काठमाडौं  । लिग लिडर लिभरपुलले प्रिमियर लिगमा १९ अंकको अग्रता बनाउँदै उपाधि यात्रालाई बलियो बनाएको छ । गएराति भएको खेलमा लिभरपुलले वेष्टह्यामलाई २–० ले पराजित गर्दै दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि १९ अंकको अग्रता बनाएको हो ।

वेष्टह्यामको मैदानमा भएको खेलमा लिभरपुलका लागि मोहम्मद सलाह र एलेक्स च्यामबरलाइनले एक–एक गोल गरे ।

३५ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । वेष्टह्यामका डिओपले फउल गरेपछि प्राप्त पेनाल्टीमा सलाहाले गोल गरेका हुन् । ५२ औं मिनेटमा सलाहाकै पासमा च्याम्बरलाइनले लिभरपुलका लागि दोस्रो गोल गरेका थिए ।

यस लिभरपुलको यो लगातार १५ औं जित हो भने समग्रमा २३ औं जित हो । २४ खेल मध्ये एकखेल भने लिभरपुलले बराबरी खेलेको थियो । २४ खेलबाट लिभरपुलले ७० अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेष्टर सिटीको समान खेलबाट ५१ अंक छ । यस्तै लिभरपुलले प्रिमियर लिगमा अपराजित यात्रालाई ४१ खेलसम्म पुर्‍याएको छ । जसमा ३६ जित र ५ बराबरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment