+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शहीदको सपना पूरा गर्न लागौं : प्रकाशमान सिंह

रासस रासस
२०७६ माघ १६ गते १०:१४

१६ माघ, दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले शहीदका सपना पूरा गर्न सबै लाग्नुपर्ने बताएका छन् ।

शहीद दिवसको अवसर व्यास नगरपालिकाले आज आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उदघाटन गर्दै उनले प्रजातान्त्रिक, लोकतान्त्रिक एवं गणतान्त्रिक आन्दोलनलाई सफल बनाउन शहीदको ठूलो योगदान रहेको बताए ।

‘२००७ सालको आन्दोलन, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र गणतन्त्र स्थापनाका लागि धेरै शहीदले रगत बगाएका छन्,’ नेता सिंहले भने, ‘शहीदको सपना पूरा गर्नसके मात्रै उनीहरुप्रति सच्चा श्रद्धा गरेको ठहरिनेछ ।’

खेलकूदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित अल्ट्रा म्याराथन आयोजना गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । ‘मगरको गाउँ मानहुँ र गुरुङको गाउँ पुलिमराङलाई जोड्न अल्ट्रा म्याराथनले सहयोग पुग्ने विश्वास गरेका छौं,’ उनले भने, ‘खेलकूदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता गरेका हौ ।’

म्याराथनमा ७० धावकको सहभागिता छ । म्याराथनमा देशभरबाट धावक सहभागी भएको र धावकलाई पनि यी दुई गाउँको रीतिरिवाज र संस्कृतिबारे बुझ्ने अवसर प्राप्त हुने जनाइएको छ ।

व्यास नगरपालिका-५ मानहुँबाट शुरु भएको म्याराथन व्यास नगरपालिका-८ पुलिमराङसम्म ४४ किलोमिटर दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्धमार्ग, रिस्ती-बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

प्रतियोगिता पहिलो, दोस्रो, तेस्रो हुनेलाई क्रमशः ८१ हजार ७६, ६१ हजार ७६ र ५१ हजार ७६ रुपैयाँ नगद तथा सान्त्वना हुने पाँच जनालाई जनही १६ हजार ७६ रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक एवं व्यास नगरपालिका-९ का अध्यक्ष सुरेश थापाले जानकारी दिए ।

गत वर्ष उक्त दूरी दुई घण्टा ५३ मिनेटमा पूरा गरी नेपाली सेनाका खगेन्द्रबहादुर भाट पहिलो भएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?