+

दोस्रो लेगमा युनाइटेडसँग हारे पनि सिटी फाइनलमा

२०७६ माघ  १६ गते १०:१६ २०७६ माघ १६ गते १०:१६
दोस्रो लेगमा युनाइटेडसँग हारे पनि सिटी फाइनलमा

काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटी काराबाओ कप (ईएफएल कप) को फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडसंग १–० ले पराजित भए पनि सिटीले समग्रमा ३–२ को जित हात पारेको हो । पहिलो लेग सिटीले ३–१ ले जितेको थियो ।

सिटीको मैदानमा भएको दोस्रो लेगमा युनाइटेडका लागि नेमान्जा माटिकले ३५ औं मिनेटमा गोल गरेका थिए । ७६ औं मिनटमा उनै माटिक रातो (दोहोरो पहेँलो ) कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेडले १० खेलाडीमा रहेर खेलेको थियो । तर त्यसको फइदा सिटीले उठाउन सकेन ।

सन् २०१४ यता एउटै खेलमा गोल गर्ने र रातो कार्ड खाने युनाइटेडका खेलाडी बनेका छन्, माटिक। सन् २०१४ मा प्रिमियर लिगमा वायने रुनीले वेष्टह्यामविरुद्ध गोल गर्नुका साथै रातो कार्ड पनि खाएका थिए ।

लगातार तेस्रो पटक फाइनल पुगेको सिटीले अब मार्च १ मा उपाधिका लागि वेम्ली मैदानमा एस्टन भिल्लासँग खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय