Comments Add Comment

दम्पतीको यौन-व्यवहार उमेरसँगै बद्लिन्छ

दम्पतीको यौन-जीवनले उनीहरुको  आपसी सम्बन्धलाई पनि प्रभाव पार्छ । जसरी यौन जीवनले उनीहरुको सम्बन्धलाई अरु प्रगाढ बनाउँछ, त्यसैगरी दूरी बढाउने निहुँ पनि ।

कतिपय दम्पतीबीच मनमुटाव, झैझगडा हुनुको कारण नै उनीहरुको यौन-व्यवहार हुनेगर्छ । बालबालिका हुर्किएपछि भएपछि श्रीमान्-श्रीमतीलाई एकान्त प्राप्त हुँदैन । त्यस्तो अवस्थामा श्रीमान्-श्रीमतीमा विस्तारै-विस्तारै मनमुटाव हुन थाल्छ, जसले कहिलेकाहिं ठुलो झगडाको रुप लिन्छ । कहिलेकाहिं त यहि कारणले दम्पतीबीच सम्बन्ध विच्छेद पनि हुन सक्छ ।

उमेर अनुसार श्रीमान्-श्रीमतीमा यौनबारेमा भिन्दा-भिन्दै विचार हुन्छ । यही भिन्दा-भिन्दै विचारहले कहिलेकाहिं उनीहरुमा दुरी बढाउँछ । श्रीमान्-श्रीमतीमा यौन सम्बन्धमा तालमेललाई बुझ्नका लागि यसप्रति एक-अर्काको धारणा बुझ्न अति नै आश्यक छ । श्रीमान्-श्रीमतीमध्ये कसैको यौनप्रति इच्छा धेरै हुन्छ भने कसैको थोरै । कहिलेकाहिं आफ्नो श्रीमान्मा यौन इच्छा कम भयो भने श्रीमतीहरु आफ्नो श्रीमान्को बाहिर अरु महिलासंग सम्बन्ध छ कि भन्ने शंका गर्न थाल्छन् ।

विवाह अगाडि

हिजोआज महिलाहरुको विवाह गर्ने उमेर भनेको २५ देखि ३५ वर्षबीचको भएको छ । त्यस्तै खानपान र परिवर्तित परिवेशमा महिला-पुरुषलाई १५ वर्षको उमेरमा नै यौनको बारेमा ज्ञान हुन थालेको छ । १५ देखि ३० वर्ष उमेरसम्म महिलाहरुमा नियमित महिनावारी हुन्छ, जसले उनीहरुको हार्मोनल परिर्वतन हुन थाल्छ । त्यस्तो अवस्थामा उनीहरु भित्र यौन चाहना उत्पन्न हुन थाल्छ । उनीहरु आफु भित्र उत्पन्न यस्तो चाहनालाई दबाउने प्रयास गर्छन् । उनीहरुमा सामाजिक र घरेलु दवाव त हुन्छ नै, करियर र विवाहका लागि सही पुरुषको खोजी पनि मनमा हावी हुन्छ । जसका कारण उनीहरु भित्रको यौन चाहना हराउँछ ।

यही उमेरका पुरुषहरुमा यौनका लागि जोश भरिन्छ । केही नयाँ गर्ने इच्छा मनमा हावी हुन्छ । उनीहरुको स्वास्थ राम्रो हुन्छ । उनीहरु हरेक प्रकारले फिट हुन्छन् । त्यस्तो अवस्थामा विवाह, सम्बन्धको कल्पनाले उनीहरुमा नयाँ उर्जा भरिदिन्छ । उनीहरु यौनका लागि तयार रहन्छन् भने महिलाहरु त्यहि उमेरमा पनि आफ्नो यौन इच्छालाई दबाउन तिर लाग्छन् ।

३० वर्षपछि सबै कुरा परिर्वतन हुन्छ

महिलाहरुको स्थिति

३० वर्षपछि विवाह हुँदा महिलाहरुमा यौन सम्बन्धि कुनै समस्या हुँदैन । उनीहरुले चरम सुख प्राप्त गर्नका लागि पूर्ण रुपले तयार रहन्छन् । महिलाहरुमा करियर बनाउने दवाव हुँदैन । घर परिवारको धेरै जिम्मेवारी पनि हुँदैन । त्यसैले उनीहरुमा यौन इच्छा तिव्र गतिमा उत्पन्न हुन्छ । जब महिलाहरुले बच्चा जन्माउँछन्, उनीहरुको शरीर पूर्णरुपले परिर्वतन हुन्छ, जसका कारण महिलाहरुले आफु भित्रको यौन भावनालाई बुझ्न सजिलो हुन्छ । उनीहरु कुनै पनि किसिमको अफ्ट्यारो नमानि त्यस्तो सम्बन्धको स्वागत गर्नका लागि तयार हुन्छन ।

पुरुषहरुको स्थिति

३० वर्षपछिको उमेरमा पुरुषहरु विभिन्न किसिमको समस्याहरुको सामना गरिरहेका हुन्छन् । विवाहपछि बालबच्चा र परिवारमा हुने खर्च, करियर विकास आदि कुराहरु मनमा हावी हुन थाल्छ । जसका कराण उनीहरु आफुलाई थाकेको अनुभव गर्न थाल्छन् । पुरुषहरु यही क्रममा रक्सि सेवन गर्न थाल्छन् । त्यसैले उनीहरुमा यौन इच्छा कम हुँदै जान्छ ।

पुरुषहरुमा त्यस्ता कुराहरुको यति धेरै प्रभाव पर्छ, जसका कारण उनीहरु सन्तान सुखबाट पनि वञ्चित हुन पुग्छन् । विशेषज्ञहरुका अनुसार हिजोआज जति पनि महिलाहरुमा बाँझोपनको समस्या आएको छ, त्यसको प्रमुख कारण उनीहरुको श्रीमान्मा शुक्राणुहरु गुणस्तर नहुनु हो । पुरुषहरुमा सही शुक्राणुको कमी हुने कारण उनीहरुको मानसिक तनाव र कामको बोझ रहेको पाइन्छ । यस कारण पुरुषहरु आफ्नी श्रीमतीसंग सही तरिकाले यौनसम्बन्ध स्थापित गर्न सक्दैनन् ।

४० वर्षपछि

४० वर्षको उमेर पछि आयु सीमाले एक पटक फेरी शारीरिक परिर्वतनको अनुभव गराउँछ । महिलाहरुमा यो उमेरमा हार्मोनको स्तर कम हुन शुरु हुन्छ । उनीहरुमा यौन इच्छा पुनः जागि्रत हुन थाल्छ । प्रायः महिलाहरु आफुलाई यो उमेरमा बालबच्चाको जिम्मेवारीहरुबाट मुक्त भएको महसुस गर्छन्, जसका कराण उनीहरुमा यौन इच्छा बढ्न थाल्छ । तर यस्तो परिर्वतन त्यस्ता महिलाहरुमा देखिन्छ, जुन महिलाहरु पूर्णरुपमा स्वास्थ्य हुन्छन् । जुन महिला कुनै रोगको शिकार अथवा भद्दा शरीर हुन्छ, उनीहरु यौन सम्बन्धबाट बच्ने प्रयास गर्छन् ।

४० वर्ष भन्दा माथिका उमेर भएका पुरुषहरुले पनि आफुमा नयाँ परिर्वतन भएको अनुभव गर्छन् । उनीहरुको करियर व्यवस्थित भैसकेको हुन्छ । उनीहरु यो समयलाई आफु अनुसार नै महसुस गर्न थाल्छन् । जुन पुरुष स्वस्थ हुन्छन्, कुनै पनि स्वास्थ समस्या हँुदैन, उनीहरु पहिला भन्दा धेरै शक्तिशाली भएको अनुभव गर्न थाल्छन् । उनीहरुका लागि यौनमा नयाँपन ल्याउने विचार तिव्र गतिमा बढ्न थाल्छ ।

५० वर्षपछि महिलाहरुमा महिनावारीको बोझ सकिन्छ । उनीहरु यौनप्रति राम्रो अनुभव गर्न थाल्छन् । तर पनि उनीहरुको मनमा विभिन्न किसिमका  प्रश्नहरु उत्पन्न हुन्छन् । बालबच्चा सम्बन्धि प्रश्नहरु, हार्मोनल परिर्वतनका कारण शरीरमा विभिन्न समस्याहरु उत्पन्न हुनु । घुँडा सम्बन्धि समस्याहरु उत्पन्न हुन थाल्छन् । यी समस्याका कारण यौन चाहना घट्दै जान्छ ।

यो उमेरमा पुरुषमा पनि ब्लडप्रेशर, डाइबिटीज, कोलेस्ट्रोल जस्ता रोगहरु र यी रोगहरुलाई कम गर्न सेवन गर्ने औषधिहरुका कारण यौन इच्छा घट्न थाल्छ । शरीरमा हुने यस्तो यौन गणितले नै श्रीमान्-श्रीमतीबीच यौनले सम्बन्धमा उत्पन्न हुने दुरीको प्रमुख कारण बन्छ ।

यौनको यस्तो गणितलाई मनमा हावी हुन दिनु हुँदैन, त्यसो हुँदा यौन जीवनलाई सही प्रकारले चलाउन सकिन्छ ।

सम्बन्धमा यौनको आफ्नो भिन्दै महत्व हुन्छ । हाम्रो समाजमा यौनको बारेमा कुरा गर्नु नराम्रो मानिन्छ, जसका कारण वैवाहिक जीवनमा विभिन्न प्रकारको समस्याहरु उत्पन्न हुन थाल्छन् । यी समस्याहरुका लागि औषधि खोज्नु भन्दा एकअर्कासंग कुराकानी गरेर समाधान निकाल्नु पर्छ, जसले तपाईंहरुको समस्या सजिलै समाधान हुन सक्छ ।

महिला-पुरुषले विवाहपछि नै यौन जीवनको आनन्द उठाउन सक्छन् । दुवैले एउटै मानसिक स्तरमा हरेक कुराहरुलाई हेर्नु पर्छ र एकअर्कालाई सहयोग गर्नु आवश्यक छ । यसले आपसी दुरि कम हुन्छ र वैवाहिक जीवनलाई सुचारु रुपले चलाउन सहयोग पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment