+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जगदम्बा स्टिल्समा कार्यरत भारतीय मजदुर मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १६ गते १३:५१

१६ माघ, वीरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल इण्डस्ट्रिजमा कार्यरत एक मजदुर उद्योगभित्रै मृत अवस्थामा फेला परेका छन् । भारत बिहारको छपरा थाना घर भई उद्योगमा कार्यरत ३० वर्षीय अम्बर राय बुधबार राति उद्योगभित्रै मृत फेला परेका हुन् ।

उद्योगको वर्कशपमा काम गर्दै आएका रायको शव उद्योगको विद्युत गृह नजिकै फेला परेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।।

‘वर्कशपमा काम गर्ने रायको बुधबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म ड्यूटी रहेछ । अर्को सिफ्टमा काम गर्ने सहकर्मीले शव देखेपछि हामीलाई खबर गरेका थिए,’ पुरीले भने, ‘मृत्यु एक्सीडेन्टली हो वा अन्य कारणले भएको हो अनुसन्धान गरिरहेका छौं ।’

खाल्डोमा घोप्टो अवस्थामा शव भेटिएको र मृतककको शरीरमा बाहिरी चोटपटक नदेखिएको उनको भनाइ छ ।

शव पोष्टमार्टमका लागि राति नै वीरगञ्ज स्थित नारायणी अस्पतालमा पठाईएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?