+

ए डिभिजन लिगमा फ्रेण्ड्सले च्यासललाई हरायो

२०७६ माघ  १६ गते १४:१७ २०७६ माघ १६ गते १४:१७
ए डिभिजन लिगमा फ्रेण्ड्सले च्यासललाई हरायो

काठमाडौं । उत्तम राईले गरेको एक मात्र गोलमा फ्रेण्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई १-० ले पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बने पनि फ्रेण्ड्सले दोस्रो हाफमा गोल गरेको थियो ।

८४औं मिनेटमा उत्तम राईले गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए । विश्व अधिकारीले प्रहार गरेको फ्रिकिक च्यासलका गोलकिपर एलान न्यौपाने पूर्ण क्लियर गर्न नसक्दा रिबाउण्डमा उत्तमले गोल गरेका हुन् ।

यस सिजनमा तेस्रो जित हात पारेको फ्रेण्ड्स ९ खेलबाट ११ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ ।

ए डिभिजन लिग च्यासल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय