Comments Add Comment

सुर्खेतको टिपर काण्डमा ५ बुँदे सहमति, आन्दोलन फिर्ता

टिपर चालकलाई कारबाही गर्ने, पीडितलाई तत्काल क्षतिपूर्ति दिने सहमति

१६ माघ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर-३ गौतमचोकमा मंगलबार टिपरले किचेर कालीकोटका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर सामान्य बन्न थालेको छ ।

तीन दिनको प्रयासपछि बिहीबार पीडितपक्ष र प्रशासनबीच पाँच बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका टिपर चालक राजकुमार बोहोराविरुद्ध कारबाहीका लागि पीडित पक्षले किटानी जाहेरी दिइ प्रकृया अघि बढाउने र घटनालाई लिएर भएका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।

पीडित पक्षलाई कानुन बामोजिम दिइने क्षतिपूर्तिको लागि तत्काल प्रकि्रया अघि बढाउने, पीडित पक्षलाई थप राहतका र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको लागि कर्णाली प्रदेश सरकारसँग अनुरोध गर्ने सहमतिसमेत भएको छ ।

योसँगै शव पोष्टमार्टम गरी सद्गत गर्न आफन्त तयार भएको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकराी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment