
१६ माघ, विराटनगर । ११ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुईजनालाई आजीवन काराबासको सजाय सुनाइएको छ ।
विराटनगर महानगरपालिका ८ कि ११ वर्षकी बालिकाको अपहरण गरी सामूहिक बलात्कारपछि हत्या गर्ने २५ बर्षका अब्वास अन्सारी र १९ बर्षका चन्दु महतोलाई जिल्ला अदालत मोरङले बिहीबार आजीवन कैद सजाय सुनाएको हो ।
२०७५ माघ १२ गते छिमेकमा साँझ टिभी हेर्न गएकी बालिकालाई छिमेकी नै रहेका अन्सारी र महतोले खाली मैदानमा लगी बलात्कारपछि हत्या गरेर सिंघिया खोलामा शव फालेका थिए । बालिकाको शव माघ १३ गते दिउँसो भेटिएको थियो ।
बिहीबार जिल्ला अदालत मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजलासले बलात्कार र हत्या कसुरमा आजीवन काराबास र पीडिकबाट जनही ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4