Comments Add Comment

गुगलले ल्यायो आफ्नै ‘टिकटक’

छोटो भिडियो बनाएर सेयर गरिने सोसल नेटवर्किङ सर्भिस टिकटक अहिले विश्वभर निकै लोकप्रिय बनिरहेको छ । खासगरी पछिल्लो पुस्ता यसमा झुम्मिने गरेका छन् ।

चिनियाँ कम्पनी बाइटडान्सले तयार गरेको टिकटकको लोकप्रियताबाट अमेरिकी कम्पनी गुगल नलोभिने कुरै भएन । दुनियाँको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले पनि आफ्नै ‘टिकटक’ ल्याएको छ । गुगलले ल्याएको उक्त भिडियो मेकिंग तथा सेयरिङ एपको नाम Tangi हो । गुगलको Area १२० टिमले उक्त एपको निर्माण गरेको हो ।

गुगलका अनुसार यो एक सोशल भिडियो शेयरिंग एप हो जसमा छोटो आकारका भिडियोह शेयर गर्न सकिन्छ । खासगरी हाउ टु अर्थात् कुनैपनि जटिल कामलाई घरमै कसरी सजिलो सँग गर्न सकिन्छ ? भन्ने विषयका जानकारीमूलक भिडियोहरु तयार गरी यो एपमा सेयर गर्न सकिने कम्पनीले जनाएको छ ।

टिकटकमा जस्तै ट्यांगीमा पनि प्रयोगकर्ताहले एक मिनेटसम्मको भिडियो बनाएर पोष्ट गर्न सक्दछन् । टिकटकको उपयोग खासगरी मनोरञ्जनका लागि हुने गरेकोमा आफ्नो एपलाई चाहिँ ज्ञानमूलक उद्देश्यका लागि तयार गरिएको दाबी गुगलको छ ।

यो एपमा भिडियोका लागि पाक शिक्षा, लाइफ स्टाइल, आर्ट, फेसन, सौन्दर्यलगायतका विभिन्न विधा रहेका छन् ।

अहिलेका लागि यो एप एप्पलको एप स्टोर तथा वेब भर्सनमा डाउनलोडका लागि उपलब्ध छ । युरोपेली युनियन सम्बद्ध देशबाहेक विश्वभरका प्रयोगकर्ताका लागि यो एप उपलब्ध रहेको छ । यद्यपि गुगलको आफ्नै प्ले स्टोरमा चाहिँ यो एप उपलब्ध भएको छैन ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि यो कहिलेबाट उपलब्ध हुनेछ भन्ने बारेमा कुनै जानकारी गराइएको छैन । गुगलका अनुसार अहिलेका लागि सीमित प्रयोगकर्ताहले मात्र यो एपमा भिडियो अपलोड गर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताहले वेटलिस्टमा आबद्ध हुनुपर्नेछ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment