
नायिका करिना कपुर खान बिहिबार बेलुकी आफ्ना श्रीमान् सैफअली खान अभिनित चलचित्र ‘जवानी जानेमन’ हेर्न पुगिन् । चलचित्रको विशेष शोमा पुगेकी करिनालाई देखेपछि पापाराजीहरु कराउन थाले ।
पापाराजीहरु कराउन थालेपछि करिना बाहिर निस्किइन् र भनिन्–‘तिमीहरु किन कराइरहेका छौ ?’ करिनाको राम्रो तस्वीर लिन नपाएपछि पापाराजीहरु कराएका थिए । जब, करिनाले सबैको अगाडि धैर्य गरेर पोज दिइन्, यसपछि पापाराजीहरु मौन रहे ।
सैफअली खान अभिनित यो चलचित्र आजबाट भारतसँग विश्व बजारमा रिलिज भएको छ । तर, यो चलचित्रको ओपनिङ निकै नै कमजोर छ । बक्स अफिसमा यो चलचित्र फ्लप हुने निश्चित रहेको बलिउड पण्डितहरुले उल्लेख गरेका छन् ।
नायिका करिना कपुर आफ्नो पछिल्लो चलचित्र ‘गुड न्यूज’ बक्स अफिसमा चम्किएपछि उत्साहित छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4