Comments Add Comment

पाकिस्तानी प्रधानमन्त्रीको आरोप- भाजपा नरसंहार मच्चाउने योजनामा छ

१९ माघ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय जनता पार्टी (भाजपा) म्यानमारमा जस्तै नरसंहार मच्चाउने योजनामा रहेको आरोप लगाएका छन् ।

टर्कीको समाचार एजेन्सीलाई अन्तर्वार्ता दिँदै खानले भनेका छन् भारतले मुस्लिम समुदायलाई समाप्त पार्न खोजेको बताए । उनले नागरिकता सम्बन्धी विवादास्पद कानुन ल्याउनुको कारण त्यही नै रहेको दाबी गरे ।

राजधानी इस्लामावादमा दिइएको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भनेका छन्, ‘ठीक यस्तै म्यानमारमा भएको थियो, जहाँ पहिले रजिष्ट्रेशन ऐन ल्याइयो । त्यसबाट मुसलमानहरुलाई विभेद गरियो र त्यसपछि नरसंहार भयो । मलाई भारतको अवस्था पनि यस्तै दिशामा जाँदैछ भन्ने डर छ ।’

के भारतमा आशंकित घटनाक्रमका कारण पाकिस्तान र बंगलादेशमा शरणार्थीहरको समस्या बढ्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री खानले भनेका छन्, ‘आसाममा जजसलाई नागरिकताबाट बन्चित बनाइएको छ, बंगलादेशले पहिले नै तीमध्ये कसैलाई पनि स्वीकार गरेको छैन । मलाई लाग्छ आसाममा नागरिकताबाट बन्चित गराइएका करिब २० लाख जनाको कारण बंगलादेश पहिलेदेखि नै चिन्तित छ । मलाई थाहा छैन, उनीहरुको अवस्था कस्तो होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment