Comments Add Comment

नयाँ बसपार्क क्षेत्रमा प्रहरीको छापा, ७३ पक्राउ

१९ माघ, काठमाडौं । अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको स्विप अपरेसनका क्रममा ७३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार, लागू औषध दुर्व्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment