Comments Add Comment

जीपी कोइराला गोल्ड कपमा धनुषाको विजयी सुरुवात

१९ माघ, वीरगञ्ज । प्रदेशस्तरीय ‘प्रथम गिरिजाप्रसाद गोल्ड कप फुटबल प्रतियोगिता’ मा धनुषाले विजयी सुरूवात गरेको छ । जिल्ला फुटबल संघ धनुषाको टोलीले पर्सालाई ट्राईबेकरमा पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो ।

निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले १–१ गोल बराबरी खेलेका थिए। त्यसपछि भएको पेनाल्टी सुट आउटमा धनुषाले ४–२ ले बाजी मारेको हो । पहिलो हाफको २७ औं मिनेटमा धनुषाका प्रमोद यादवले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ४४ औं मिनेटमा पर्साका सुधीर श्रेष्ठले खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीले पटक–पटक गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन ।

गिरिजाप्रसाद फाउन्डेसन वीरगञ्जले आयोजना गरेको प्रतियोगितामा आइतबार रौतहट र महोत्तरीबीच खेल हुँदैछ । प्रतियोगितामा उपाधि विजेतालाई डेढ लाख र उपविजेतालाई ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजक जीपी कोइराला फुटबल प्रतियोगिता सञ्चालक समितिका अध्यक्ष मोहम्मद शहावुद्दीनले जानकारी दिए ।

प्रतियोगिताको शनिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले उदघाटन गरेका थिए । उनले फुटबल खेलको विकासका लागि यस्ता प्रतियोगिता लाभदायक हुने बताए । करिब २८ लाख ८० हजारको लागतमा हुन लागेको प्रतियोगितामा प्रदेश २ का ८ वटा टिम सहभागी छन् । नकआउट फुटबल प्रतियोगिता माघ २५ गते सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment