Comments Add Comment

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

१९ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दशौं चरणका दुई खेल हुँदैछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल मध्याह्न १२ बजे दशरथ रगशालमा हुनेछ।

रंगशालामा दिउँसो ३ बजे हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्नेछन् । विभागीय डर्बी भिडन्त जहिल्यै रोमान्चक हुने गर्छ ।

शुरुवाती वर्षहरूमा पुलिस आर्मीमाथि हावी हुँदै आए पनि अहिले समय फेरिएको छ । आर्मी बलियो बन्दै छ भने पुलिसले पुरानो लय भेट्न सकेको छैन । एकातर्फ विभागीय प्रतिष्ठाको लडाइँ छ भने अर्कोतर् उपाधि होडमा रहेको आर्मीलाई यो खेल महत्त्वपूर्ण छ।

यसअघिको अर्को विभागीय भिडन्तमा पुलिसले एपीएफलाई १–० ले पराजित गरेको थियो ।

यस सिजन आर्मीले एपीएफसँग खेल्न बाँकी छ । ‘ए’ डिभिजन लिगमा डेढ दशक खेलिसकेको आर्मी पहिलो पटक लिग जित्ने लक्ष्यका साथ खेलिरहेको छ।

९ खेलबाट २० अंकसहित आर्मी दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको मछिन्द्र क्लब २२ अंकसहित दोस्रोमा छ। उपाधि होड कायमै राख्न आर्मीलाई जितको विकल्प छैन । आर्मीले अझै मछिन्द्रसँग पनि खेल्न बाँकी नै छ । उपाधि होडमा रहेको अर्को क्लब मनाङ मर्स्याङ्दी ९ खेलबाट १९ अंकसहित तेस्रोमा छ र दुई क्लबलाई पछ्याइरहेको छ । मनाङ उपाधि रक्षा अभियानमा छ । मनाङले ९ खेलबाट १९ अंक जोडेको छ ।

उता, ९ खेलबाट १४ अंक जोडेको पुलिस छैटौं स्थानमा छ। आर्मीलाई हराएमा पुलिसले चौथो स्थानको थ्री स्टारसँग अंक बराबरी गर्नेछ ।

विभागीय डर्बीअघि संकटा र हिमालयन शेर्पाबीच खेल हुनेछ । साविक उपविजेता संकटासामु हिमालयन शेर्पालाई हराउँदै शीर्ष ६ मा पुग्ने अवसर छ । संकटा ९ खेलबाट १२ अंकसहित आठौं स्थानमा छ ।

उता, संकटासँग खेल्दा हिमालयन शेर्पालाई रेलिगेसन जोनबाट भाग्ने अवसर छ । शेर्पाले ९ खेलबाट ७ अंकसहित १२ औं स्थानमा छ। शेर्पाभन्दा तल रहेको एपीएफको ५ र सरस्वती युथ क्लबको ४ अंक छ । दुवैले दशौं चरणमा खेलिसकेको छ। त्यसैले शेर्पाले जित हात पार्न सके रेलिगेसन जोनबाट ६ अंक माथि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment