Comments Add Comment

नेपाल बंगलादेश बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

१९ माघ, काठमाडौं । नेपाल बंगलादेश बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले एनबी बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको हो ।

राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा नै हुनुपर्छ । तर गत आर्थिक वर्ष २०७५/७६ मा एनबी बैंकले ९ प्रतिशत पनि पुर्याउन नसकेको राष्ट्र बैंकले बताएको छ ।

कुनै बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना राष्ट्र बेंकले गर्ने गरेको छ । सोहि अनुसार लगानी पुर्याउन नसकेको रकमको ब्याज बराबरको रकम राष्ट्र बैंकले जरिवाना तिराएको हो ।

यसपाली जरिवाना तिर्नु पर्दैनः एनबी बैंक

एनबी बैंकले गत आर्थिक वर्षमा कृषिमा मात्रै थोरै रकम नपुगेको जानकारी दिएको छ । अन्य प्राथमिकताप्राप्त क्षेत्रमा भने राष्ट्र बैंकले तोकिए अनुसारको लगानी भएको बैंकले बतायो । यसपाली भने कृषिमा पनि तोकिएको लगानी पुग्ने बैंकका सुरेश देबकोटाले दाबी गरे ।

चालु आर्थिक वर्षको ६ महिनासम्ममा नै तोकिएको लगानी पुरा भएको प्रवक्ता देबकोटाले बताए । ‘गत वर्ष थोरै नपुगेको हो, यसपाली सबै क्षेत्रमा तोकिएको लगानी पुग्छ’ उनले भने, ‘यस वर्षको ५ महिनामा नै हामीले कृषिमा १० प्रतिशत पुर्याइसकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment