Comments Add Comment

उपत्यकाका सांस्कृतिक गुठी सञ्चालनको जिम्मा स्थानीय तहलाई दिऊँ : मन्त्री मानन्धर

१९ माघ, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाका सांस्कृतिक गुठी संरक्षण र सञ्चालनको जिम्मेवारी स्थानिय सरकारलाई दिइनु उपयुक्त हुने बताएका छन् ।

सामुदायीक विकास संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले काठमाडौं उपत्यकाका सांस्कृतिक र परम्परागत गुठीहरुको संरक्षण र सम्वर्द्धनका लागि स्थानिय सरकारलाई नै जिम्मेवारी दिँदा सहज हुने बताएका हुन् ।

काठमाडौंमा कायम रहेको गुठी यहाँको जनजीवनसँग सम्बन्धित रहेको र जन्मदेखि मृत्युसम्मका संस्कारहरु गुठीकै माध्यमबाट हुने भएकाले स्थानीय सरकारकै निगरानीमा रहने गरी व्यवस्थापन गर्न आफूले पहल गरिरहेको मन्त्री मानन्धरको भनाइ छ ।

सरकारले देशभरका सांस्कृतिक र अन्य गुठीहरुको व्यवस्थापनका लागि गुठी विधेयकलाई वैज्ञानिक तरिकाले परिस्कृत गरेर ल्याउने तयारी गरिरहेको समेत मानन्धरले बताए ।

उपत्यकाका गुठीहरुमा जग्गाको विवाद नरहेको उल्लेख गर्दै मन्त्री मानन्धरले संस्कृति जोगाउने गुठीहरुलाई फरक रूपले हेर्नुपर्ने बताए ।

फरक प्रसंगमा उनले सरकार समृद्धिको दिशामा अघि बढिरहे पनि केही तत्व त्यसलाई रोक्न लागिपरेको आरोप उनले लगाए । मन्त्री मानन्धरले एमसीसी र डन्डोप्यासिफिक रणनीति फरक भएकाले देशको विकासका लागि अनुदान स्विकार्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment