Comments Add Comment

‘कमेडी च्याम्पियन’मा ‘दि हिमालय रोडिज’को प्रचार

अहिले नेपालका विभिन्न टेलिभिजनबाट रियालिटी शोहरु प्रशारण भइरेहका छन् । कान्तिपुर टेलिभिजनमा ‘कमेडी च्याम्पियन’, हिमालय टेलिभिजनमा ‘हिमालय रोडिज’ र एपीवान टेलिभिजनमा ‘नेपाल आइडल’ प्रशारण भइरहेको छ ।

अझ, कमेडी च्याम्पियन र हिमालय रोडिज त एकै दिन प्रशारण हुन्छ । सोमबार बेलुका यी दुई रियालिटी शोहरु प्रशारण हुन्छन् । कतिपयले एकै दिन प्रशारण हुने भएकाले यी दुई रियालिटी शोलाई प्रतिष्पर्धी हुन् भन्ने अड्कल काटेका छन् ।

तर, यो कुरालाई दुई शोका निर्माताले गलत सावित गरिदिएका छन् । आगामी सोमबार प्रशारण हुने एपिसोडमा कमेडी च्याम्पियन टिमले हिमालय रोडिजको टिमलाई अतिथी बनाएको छ । कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीको निमन्त्रणामा हिमालय रोडिज निर्देशक अमनप्रताप अधिकारी र ग्याङ्ग लिडर दिया मास्के च्याम्पियनको सेटमा पुगेका छन् ।

एक–अर्काको क्रस प्रोमोशनको लागि यस्तो नीति अपनाइएको च्याम्पियन निर्देशक विशालले बताए । उनले भने–‘यो रियालिटी शोमा विल्कुलै फरक अभ्यास हो । हामीले एक–अर्काको प्रचारको लागि यो नीति बनाएका हौँ ।’

यी दुई रियालिटी शोको दर्शक पनि भिन्न–भिन्नै भएकाले दुई बीच कुनै प्रतिष्पर्धा नभएको विशालले बताए । उनले भने–‘रोडिज हेर्ने दर्शक र हाम्रो शो हेर्ने दर्शक फरक हुनुहुन्छ । त्यसैले एक–अर्कासँग कुनै प्रतिष्पर्धा नै छैन । सँगै हातेमालो गरेर अघि बढ्ने सोचले हामीले उहाँहरुलाई अतिथी बनाएका हौँ । उहाँहरुले पनि कुनै संकोच नमानी आइदिनु भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment