Comments Add Comment

हलमा फिल्म नहुँदा पनि तनाव, हुँदा पनि तनाव

पौष महिनाभर कुनै पनि नेपाली चलचित्र हलमा लागेनन् । यसले, विशेषगरि नेपाली चलचित्रकै भरमा हल संचालन गरिरहेका हल संचालकहरुका लागि टाउको दुखाइको बिषय बन्यो ।

काठमाण्डौको गोपीकृष्ण हलका म्यानेजर प्रदिप दाहालका अनुसार, २० बर्षमा उनले यस्तो कमजोर अवस्था हलमा देखेका हुन् । ‘अहिले हलमा दर्शक भन्दा, स्टाफ धेरै छन्’, दाहाल सुनिए ।

हुनत, माघको ३ गते चलचित्र ‘१२ सत्ताइस’ रिलिज भएको थियो । तर, यो चलचित्र हलमा लागेको र उत्रिएको नै दर्शकले पत्तो पाएनन् । यसैले पनि हलमा करिब २ महिनादेखि चलचित्र नै छैनन् भन्दा हुन्छ ।

हलमा चलचित्र नहुँदा हल संचालकदेखि चलचित्र क्षेत्रलाई नै तनाव हुन्छ । हलमा नयाँ चलचित्र आउँदा हल पनि चल्छ । चलचित्र क्षेत्र पनि चलायमान हुन्छ । तर, चलचित्र हुँदा पनि तनावकै अवस्था छ ।

हलमा चलचित्र रिलिज भएपनि दर्शक नआउँदा अर्को तनाव छ । यो साता नयाँ चलचित्र रिलिज भयो, ‘दि कर्मा’ । नीता ढुंगाना, परमिता आर एल राणा, वुद्दि तामाङ जस्ता कलाकार हुँदा पनि यो चलचित्रले दर्शक तान्न सकेन ।

हलले आज आइतबारदेखि नै चलचित्रको शो ९० प्रतिशत भन्दा बढी घटाउनुले पनि यो चलचित्रको व्यापारको अवस्था वुझ्न सकिन्छ । शनिबार पनि यो चलचित्र हेर्न दर्शक आएनन् ।

चलचित्र रिलिज भएर दर्शक हलमा नहुँदा चलचित्र बनाउने निर्मातालाई मात्र होइन, सिंगो चलचित्र क्षेत्रलाई नै टाउको दुखाइको बिषय बन्छ । किनकी, चलचित्र ‘छ माया छपक्कै’पछि दर्शकको ठूलो भीड हलमा आउन छाडेको छ । यो चिन्ताको बिषय हो ।

यसैले, पनि हलमा चलचित्र रिलिज हुँदा पनि तनाव, नहुँदा पनि तनावकै अवस्था छ । दर्शक तथा चलचित्रकर्मीलाई शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘सेल्फी किङ्ग र साङ्लो’ माथि छ ।
चलचित्र वितरक गोपाल कायस्थ सुतेको चलचित्र बजारलाई विराज भट्टको ‘साङ्लो’ले उठाउने अपेक्षा गर्छन् ।

चलचित्र क्षेत्रमा देखिएको संकटलाई अब कुनै न कुनै चलचित्र तोड्न आवश्यक छ । हलमा चलचित्र त लाग्ने तर दर्शक नआउने समस्याबाट यो क्षेत्र बाहिर निस्कन सकेन भने यसले अर्को समस्या निम्त्याउने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment