
१९ माघ, काठमाडौं । बलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शौरभ राणाले आत्मसमर्पण गरेका छन् ।
आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेका सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।
राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गर्ने तयारी थालेको थियो ।
इटहरीको एक होटलमा आफूमाथि एसएसपी राणाले जबर्जस्ती करणी गरेको पीडित महिलाले आरोप लगाएकी छन् ।
उनको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
सुनसरीका प्रहरी प्रमुख एसपी पोखरेलले अब अनुसन्धान अघि बढाइने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4