+
+
Shares

नेकपा केन्द्रीय सदस्यलाई बालुवाटारमा प्रधानमन्त्रीले रात्रिभोज दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १५:०५

१९ माघ,काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । राष्ट्रियसभा गृहमा जारी बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि प्रचण्डले जवाफ दिएका हुन् ।

बिभिन्न १५ समूहका तर्फबाट प्राप्त सुझाव र प्रश्नहरुमाथि अध्यक्षको जवाफपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बैठकलाई सम्बोधन गर्नेछन् । त्यस्तै संगठनात्मक प्रतिवेदन र बिधान संशोधन प्रस्तावमाथिको जवाफ महासचिव विष्णु पौडेलले जवाफ दिनेछन् ।

बैठकमा अध्यक्ष प्रचण्डले प्रत्युत्तर मन्तव्य दिने क्रम चलिरहेको प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । यसैबीच केन्द्रीय कमिटी बैठकमा भाग लिन आएका केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री ओलीले आइतबार साँझ रात्रिभोज दिने भएका छन् ।

केन्द्रीय कमिटी बैठक आजै समापन हुँदैछ । बैठकपछि केन्द्रीय सदस्य र सांसदहरुलाई रात्रीभोज दिन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?