Comments Add Comment

दोहोरो अंकले बढ्यो सेयर बजार, जीवन बीमा र व्यापारबाहेक सबैले कमाए

१९ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । जीवन बीमा र व्यापारबाहेक सबै उपसमूहहरु उकालो लाग्दा सेयर कारोबार मापक नेप्से परिसूचक २१ अंक बढीले उकालो लागेको छ ।

२१ दशमलव २६ अंकले उकालो लागेर नेप्से परिसूचक १ हजार ३ सय ४६ दशमलव ६४ अंक पुगेको छ । व्यापार र जीवन बीमा उपसमूहहरु भने घटेका छन् ।

व्यापार शून्य दशमलव ६२ अंकले ओरालो लागेको छ भने जीवन बीमाको सूचक एक दशमलव ०९ अंकले ओरालो लागेको छ । सेयर कारोबार रकम २ अर्ब माथि पुगेको छ ।

दिनभर भएका २० हजार ६ सय ३५ कारोबारबाट ५३ लाख ४६ हजार ५ सय ८ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम २ अर्ब ७ करोड ७९ लाख ८७ हजार ७ सय ९९ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment